देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकद्वारा निःशुल्क रक्तचाप जाँच

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका विविध १० स्थानमा निःशुल्क रक्तचाप जाँच शिविर आयोजना ग¥यो । 

सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको थियो । 

हस्पिटलले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अस्पताल परिसरका अलावा काठमाडौंका अन्य ९ स्थानमा उच्चरक्तचाप मापन, नियन्त्रण र रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गराउने कार्य गरेको विज्ञप्तीमार्फत जनाएको छ । 

निःशुल्क परीक्षण गरिएका ती ९ स्थानहरूमा भाटभटेनी सुपरस्टोर – बालुवाटार, महाराजगञ्ज, पुल्चोक, सिटी सेन्टर, कमलपोखरी, सिभिल मल – सुन्धारा, नर्भिक हस्पिटल – थापाथली, थ्री स्टार क्लब – पाटन (ललितपर) , रेडिमेड मल – खिचापोखरी, सेलवेज – जावलाखेल र शेर्पा मल – दरबारमार्ग रहेका छन् । 

हिजो साँझ ६ बजेसम्म उक्त शिविरमा ९९० जनाले आफ्नो रक्तचापको जाँच गराएका थिए । ९९० जना मध्ये पुरुष ५३३ जना (झण्डै ५४%) र महिला ४५७ जना (झण्डै ४६%) रहेका थिए । पुरुषको उमेर समूह १९ वर्षदेखि ६५ वर्ष थियो भने महिलाहरू १९ वर्षदेखि ५५ वर्षसम्मका थिए । ९९० मध्ये २०% (अर्थात् १९८ जना) उच्च रक्तचापको जोखिममा थिए भने ६५% (अर्थात् ६४३ जना) रक्तचापको जोखिमबाट मुक्त थिए । त्यसरी नै १५% (अर्थात् १४८ जना) ले उच्च रक्तचापको कुनै न कुनै एउटा औषधि खान सुरु गरिएका थिए । 

जाँचिएका मध्ये अधिकांशको पेशा नोकरी थियो भने केही किसान लगायतका स्वरोजगार पनि थिए । उनीहरूको खाना खाने बानी सामान्य पाइता पनि खानामा चिल्लो÷पिसो, रातो मासु, कहिलेकाहिँ मदिरा पान, तयारी खाना, शिशीको अचार र अधिकांश व्यक्तिहरू धुम्रपानका अम्मली पनि रहेका थिए । 

उच्च रक्तचाप के हो ?
रक्तनलीहरूमा उत्पन्न हुने उच्च चापलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापले मुटु, मिर्गौैला, आँखामा असर गरी पक्षघात, मस्तिष्कघात, हृदयाघात तथा मिर्गाैलालाई काम गर्न नसक्ने अवस्थामा पु¥याउन सक्छ । 

प्राथमिक उच्च रक्तचाप

यो कुनै पनि व्यक्तिमा हुन सक्छ र यसको खास कारण हुँदैन । यो वंशानुगत तथा वातावरणीय कारणले पनि उत्पन्न हुन सक्छ ।

अरू विभिन्न रोगको कारणले हुने उच्च रक्तचाप

यो औसत २५ देखि ३० प्रतिशत शहरी जनसंख्यामा पाइन्छ । मुटु र मिर्गौलासँग सम्बन्धित विविध रोग, ट्युमर, गर्भधारणको अवस्था, गर्भनिरोधक तथा दुखाई कम गर्ने विभिन्न औषधिको प्रयोगका कारण यो अवस्था देखा पर्नसक्छ ।

उच्च रक्तचापका साधारण लक्षणहरू

टाउको दुख्ने, अपर्झट नाकबाट रगत बग्ने, रिङ्गटा लाग्ने÷थकाई लाग्ने, वाक्वाक् लाग्ने र वान्ता हुने, हेर्न अप्ठ्यारो हुने, मुटुको धड्कन बढ्ने र बीचबीचमा मुटुको धड्कन रोकिए जस्तो हुने, आदि । 

विश्व उच्च रक्तचाप दिवस सर्वप्रथम सन् २००५ बाट मनाउन सुरु गरिएको हो । यसपटकको यो दिवस १२ औं हो । यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा “आफ्नो रक्तचाप थाहा पाऔं” (आफ्नो नम्बर थाहा पाऔं) रहेको छ र यसलाई आगामी दुई वर्षसम्म दोहो¥याइने छ; ता कि देशभरको जनसंख्यामा रक्तचाप मापन र नियन्त्रण बारे आवश्यक जनचेतनाको अभिबृद्धि हुन सकोस् । यो दिवसले सुषुप्त हत्यारा भनेर चिनिने उच्च रक्तचापबारे व्यापक जनचेतना फैलाउन मद्दत गर्दछ । 

अन्य रोगहरू जस्तैः टाउको दुखाई, पेट दुखाई आदिमा सम्बन्धित अङ्गहरू दुख्ने समस्या महसुस गरिन्छ, तर उच्च रक्तचापका अवस्थामा त्यस्ता कुनै समस्या महसुस गरिदैँन, तर त्यसले बिरामीलाई अपुरणीय क्षति पु¥याइसकेको हुनसक्छ । त्यसकारण यस रोगलाई सुषुप्त हत्यारा भनिन्छ ।

उच्च रक्तचापका कारण विश्वभर वर्षेनी ९४ लाख भन्दा बी मानिसले ज्यान गुमाइरहेका छन् । त्यसका अलावा लामो समयसम्मको उच्च रक्तचापका कारण शरीरका विभिन्न रक्तनली ÷ धमनीहरू र महत्वपूर्ण अङ्गहरूमा क्षति पुग्ने र त्यसका कारण मुटुको रोग, पक्षाघात, मिर्गौलाको रोग, मधुमेहको रोग आदि हुने गर्दछन् । एउटै जोखिमबाट विश्वव्यापीरूपमा मानव मृत्युको मुख्य कारकका रुपमा उच्चरक्तचाप देखा पर्दै आएको छ ।

विश्व उच्च रक्तचाप दिवस मनाउनुको प्रमुख उद्देश्यमा मानव मात्रमा विद्यमान अत्यन्तै जोखिमपूर्ण उच्च रक्तचापबारे थाहा पाउनु, पत्ता लगाउनु, उपचार र रोकथामका उपायहरु अपनाउनु र अन्तत्वगत्वा उच्चरक्तचापका कारण उत्पन्न हुनसक्ने हृदयाघात, पक्षाघात र मिर्गौलाका रोगबाट बिरामीहरूलाई बचाउनु रहेका छन् ।

धेरै उच्च रक्तचापका जोखिमहरू जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर नियन्त्रणमा राख्न सकिन्छ । मानव जीवनशैलीमा सकारात्मक परिवर्तन गराउन निम्न सामान्य ४ बुँदाहरूमा जोड दिइएको छ । ती हुन्ः . धुम्रपानमा निषेध; . उपयुक्त, स्वस्थ र स्वच्छ खानामा जोड; . शारीरिक परीश्रममा जोड र . मदिराजन्य पदार्थको सेवनमा बन्देज ।
यी कार्यहरू गर्न सके नेपाल पनि उच्च रक्तचापरहित मुलुक बन्न सक्छ । 

]]>