देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प प्रभावित क्षेत्रमा भ्वाङै भ्वाङ

देशान्तर

काठमाडौं । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकसहित लाप्राक र गुम्दाका विभिन्न् स्थानमा ठूला भ्वाङ पनै थालेका छन् । ती ठाउँमा वर्षायाममा पहिरोको ठूलो जोखिम रहेको स्थलगत अध्ययन गरेर फर्किएका भू गर्भविदहरुले जनाएका छन् । गत साता ती क्षेत्रमा पुगेको भूगर्भविदको टोलीले वस्ती नजिक, सडक। जमिन र जंगलमा भ्वाङ फेला पारेको हो ।

त्रिचन्द्र कलेजका इन्जिनियरिङ भूगर्भविद डाक्टर सुवोध ढकालले बारपारदेखि लाप्राक र गुम्दासम्म विभिन्न स्थानमा भ्वाङ परेको बताए। ‘कास्कीको अर्मलामा जस्तै विभिन्न स्थानमा भ्वाङ देखा परेका छन्,’ उनले भने, ‘बेलैमा ध्यान नदिने हो भने मनसुनमा झन् खतरा छ ।’ उक्त क्षेत्रको जमिनमुनि भएका चुनढुंगा लाइम स्टोन क्षयीकरण भएर पानीमा घुलिएपछि भ्वाङ देखा परेको ढकालले उल्लेख गरे । ‘चट्टानबाट बनेको माटो पानीमा घुलिएपछि एकाएक जमिन भासिएको देखियो,’ ढकालले भने, ‘भूकम्पले हल्लिएर जमिन कमजोर बनेकाले त्यस्ता भ्वाङ र ठूला चिरा परेका हुन सक्छन् ।’

उनका अनुसार बारपाक, लाप्राक र गुम्दाको यामागाउँ विगतमा पनि भूकम्पले ल्याएकै पहिरामा बसेका बस्ती हुन् । ‘गत वर्षको पहिरोले पनि तिनै बस्तीलाई थिलथिलो पारेको छ,’ उनले भने, ‘अहिले फेरि नयाँ पहिरो र भ्वाङ देखिनुले खतरा बढेको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ।

]]>