देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विकासमा निर्माणको अवरोधमा सांसद

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चावहिल साँखु सडक २२ मिटर चौडा  पार्ने योजना अघि सार्‍यो । त्यसका लागि सडक मिचेर बनाइएको संरचना भत्काउन ठेक्का पनि लगायो । तर, लामो समय बित्दा पनि काम सुरु भएको छैन् । यसको एउटै कारण हो त्यस क्षेत्रका सांसद सडक विस्तारको विपक्षमा उभिनु ।  स्थनीयको दबाबमा सांसदले नै अवरोध गरेपछि ठेक्का लगाइएको काम बीचमै अलपत्र परेको हो ।

त्रिपुरेश्वर नागार्जुन सडकमा पनि यही समस्या देखिएको छ ।  मापदण्डविपरीत सडक मिचेर बनाइएको संरचना भत्काउन सांसद र नेताको तीव्र अवरोध छ । यतिसम्म कि प्राधिकरणले कालिमाटी सोल्टिमोड खण्डमा भत्काउनुपर्ने संरचनामा चिनोसमेत लगाउन सकेको छैन ।

उक्त सडकको अन्य खण्डमा पनि एक वर्ष ढिला गरी चिनो लगाइएको थियो । उपत्यकाका अन्य थुप्रै सडकमा समेत सांसद तथा नेताले स्थानीयलाई उचाल्दै विस्तार अघि नबडाउन प्राधिकरणलाई दबाब दिँदै आइरहेका छन् । आजको नागरिक दैनिकले जनाएको छ ।

 

]]>