काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले चावहिल साँखु सडक २२ मिटर चौडा पार्ने योजना अघि सार्यो । त्यसका लागि सडक मिचेर बनाइएको संरचना भत्काउन ठेक्का पनि लगायो । तर, लामो समय बित्दा पनि काम सुरु भएको छैन् । यसको एउटै कारण हो त्यस क्षेत्रका सांसद सडक विस्तारको विपक्षमा उभिनु । स्थनीयको दबाबमा सांसदले नै अवरोध गरेपछि ठेक्का लगाइएको काम बीचमै अलपत्र परेको हो ।
त्रिपुरेश्वर नागार्जुन सडकमा पनि यही समस्या देखिएको छ । मापदण्डविपरीत सडक मिचेर बनाइएको संरचना भत्काउन सांसद र नेताको तीव्र अवरोध छ । यतिसम्म कि प्राधिकरणले कालिमाटी सोल्टिमोड खण्डमा भत्काउनुपर्ने संरचनामा चिनोसमेत लगाउन सकेको छैन ।
उक्त सडकको अन्य खण्डमा पनि एक वर्ष ढिला गरी चिनो लगाइएको थियो । उपत्यकाका अन्य थुप्रै सडकमा समेत सांसद तथा नेताले स्थानीयलाई उचाल्दै विस्तार अघि नबडाउन प्राधिकरणलाई दबाब दिँदै आइरहेका छन् । आजको नागरिक दैनिकले जनाएको छ ।
]]>
प्रतिक्रिया