देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाष्ट ट्र्याकबारे संसदमा बोलेको कुरा बंगाइयोः देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिपर्तनमा सत्ताको मुख्य घटक एकीकृत माओवादी आफैं अघि बढेर पछि हटेको बताएका छन् ।  देउवाले सत्तामा रहेको दलले सरकार गिराउनुपर्‍यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेको बताए ।

‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु सहयोग गनुर्‍परो भन्नुभयो’ देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो, तर एमाओवादी आफैँ पछि हट्यो । यसमा हामीलाई केही भएको छैन । माओवादीले नै सुरु गर्‍यो पछि आफैँ पछि हट्यो ।’ देउवाले सरकारले  प्रस्तुत गरेको नीति तथा कार्यक्रम पपुलिष्ट बनाउन खोजको बताएका छन् । उनले नीति तथा कार्यक्रम भ्रम छर्नबाहेक केही पनि नभएको बताएका छन् । 

सभापति देउवाले फाष्ट ट्रयाक बारे संसदमा बोलेको कुरा बंगाइएको बताएका छन् । उनले भने ‘मैले संसदमा बोलेको विषय रेकर्ड छ, त्यसलाई हेरे हुन्छ । मैले नेगोसिएसनबाट रद्द गर्न सकिन्छ भनेको छु । मेरो धारणा बंगाइएको छ । ‘अन्नपूर्ण दैनिकमा कांग्रेस सभपाति देउवाको अन्तर्वार्ता छापिएको छ । 

]]>