देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजधानीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

देशान्तर

काठमाडौं । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुदैँछ । राजधानीको सोल्टी होटलमा आयोजना हुने बौद्ध सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अन्तराष्ट्रिय बौद्ध गोष्ठी काठमाडौंमा ६ र ९ गते तथा बुद्धजयन्ती समारोह लुम्बिनीमा ८ गते आयोजना हुने बताइएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरुहरु, भिक्षु तथा भिक्षुणीहरु र बौद्ध दर्शनका ज्ञाता तथा विद्धानहरुको सहभागिता रहने पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए । गोष्ठीमा भाग लिन आउने पाहुनाहरु काठमाडौं आइपुगेका छन् । ‘लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र ६ नेपाली गरी २८ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमा व्यापक छलफल हुने मन्त्री पोखरेलले बताए । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा लुम्बिनी घोषणापत्र जारी गरिने भएको छ ।

उक्त घोषणापत्रको कार्यान्वयनका लागि अन्तराष्ट्रिय स्तरको संयन्त्र निर्माण गरिने मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले गोष्ठीले भगवान बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

]]>