देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौतारीको ८ औं महाधिवेशन आजबाट

देशान्तर

काठमाडौं ।  एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय महाधिवेशन बिहीवारदेखि काठमाडौंमा सुरु हुँदैछ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त महाधिबेशनले नयाँ कार्यसमितिको चयन गर्ने छ । ‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनमा चुनावी प्रचारका लागि बागबजार र आसपास क्षेत्रमा एमाले निकट पत्रकारको भिड लाग्न थालेको छ ।

भावी अध्यक्षमा वर्तमान महासचिव माधव नेपाल र पूर्व महासचिव गणेश बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाल एमाले बरिष्ठ नेता माधव नेपाल नजिक र बस्नेत प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली निकट मानिन्छन् । 

यसअघि २०६९ फागुन २५–२९ मा विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा राजेन्द्र अर्यालको अध्यक्षतामा नेतृत्व निर्वाचित भएको थियो । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा र वीरेन्द्र साहका स्मृतिमा पुरस्का स्थापना गरेको छ भने क्रियाशील युवा पत्रकारिता पुरस्कार पनि वितरण गर्दै आएको छ भने जिल्लागत शाखाका पनि विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।

]]>