देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्रमन्त्री फेरि भारत भ्रमणमा जाने

देशान्तर

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पुनः भारत भ्रमणमा जाने भएका छन् । दक्षिण एसिया विश्व विद्यालयको दिक्षान्त कार्यक्रममा सहभागिताको लागि उनको यो भ्रमण हुन लागेको भए पनि विशेष गरि सम्वन्ध सुधारकै लागि उपयोग गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

 दिक्षान्त सम्मेलन सहभागी हुन एक दिन अघि उनी दिल्ली जाने प्रारम्भिक तयारी  छ । यसअघि उनी शनिबार टर्की जाने तयारीमा छन् । राष्ट्रसंघको मानविय विश्व सम्मेलनमा सहभागि हुन उनी टर्की जान लागेका हुन । सम्मेलन सोमबार र मंगलबार हुनेछ ।

सम्मेलन सकेर उनी टर्कीबाटै इजरायल जाने र त्यहा उच्चस्तरको भेटघाटमा सरिक हुनेछन ।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>