देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकता नहुँदै माओवादी केन्द्रमा विवाद

देशान्तर

काठमाडौं । एमाओवादीसहित १० वटा माओवादी समूहको एकतापछि घोषित ६ सय ९९ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष पुष्पमकल दाहलबाहेक अन्य नेताहरुको बरिताक्रम मिालउने मामिलामा विवाद देखिएको छ । माओवादी घटक दलहरुको बिहीबार काडमाडौंमा भएको संयुक्त भेलामा दाहालपछि दोस्रो तोता नारायणकाजी श्रेष्ठ वा रामबहादुर थापामध्ये कसलाई बनाउने भन्नेमा विवाद देखिएको छ ।

एक नेताका अनुसार कृष्णबहादुर महरा र वर्षमान पुनले थापालार्इ दोस्रो नेता बनाउन चाहे पनि उनीहरुले मुख खोल्न सकेका छैनन् । गोपाल किरातीसहित एमाओवादीका पोलिटव्युरो तहका नेता र हितमान शाक्यले थापालाई दोस्रो तहको नेता बनाउन चाहेको ती नेताले बताए ।

क्रान्तिकारी माओवादीमा सचिव रहेका देव गुरुङले भने थापालाई सहअध्यक्ष , श्रेष्ठ र महरालाई उपाध्यक्ष बनाएर आफू महासचिवमा रहने इच्छा व्यक्त गरेका छन् । श्रेष्ठ र उनी पक्षका नेताहरु भने दाहालपछि स्वभाविक रुपमा दोस्रो तहको नेतामा आफू रहनुपर्नेमा दृढ देखिएका छन् । आजको अन्नपूर्णमा समाचार छ ।

]]>