देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटक गाडीको लागि बसपार्क नहुँदा समस्या

देशान्तर

काठमाडौँ । दिनहुँ हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय सवारीसाधनलाई छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । 

काठमाडौँ–पोखरा र काठमाडौँ–सौराहा चल्ने पर्यटकीय सवारीसाधनलाई छुट्टै सवारी बसपार्क नहुँदा समस्या परेको हो । 
टुरिस्ट बस एसोसिएसन अफ नेपाल ९टिवान०का महासचिव दीपक भट्टराई मुलुकमा पर्यटनको विकास गर्न पर्यटकीय सवारीसाधनका लागि बेग्लै बसपार्क बनाउनुपर्ने बताउँछन् ।  

“पर्यटनको विकास गर्न पहिला पूर्वाधारको विकास हुनुपर्छ,” उनले भने । काठमाडौँको मुख्य क्षेत्र ठमेलमा पर्यटक बस्ने तथा उनीहरुका लागि पायक पर्ने कान्तिपथमा बसपार्कको व्यवस्था गरिएको छ । तर कान्तिपथमा सवारी पार्किङ गर्दा आवागमनमा समस्या हुने गरेको उनको भनाइ छ । 

एसोसिएनका अध्यक्ष श्रीकान्त आचार्यले पर्यटनको विकासका लागि काठमाडौँदेखि लुम्बिनी, जनकपुर र बर्दियामा समेत पर्यटकीय बस सञ्चालन गर्न लागेको र त्यसका लागि नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए । 

]]>