देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेसले आज समता दिवस मनाउँदै

देशान्तर

काठमाण्डौं । नेपाली काँग्रेसले आज समता दिवस मनाउँदैछ । प्रत्येक जेठ १० गते समता दिवस मनाउने काँग्रेसको नीति अनुसार यो दिवस मनाउन लागिएको हो । वीपी कोइरालाले पार्टीको पाँचौ महाधिवेशनबाट समता दिवस मनाउने निर्णय गरेपनि यो १२ औं महाधिवेसनले छुवाछुत र भेदभावविरुद्धको अभियान अन्तर्गत प्रत्येक वर्ष समता दिवस मनाउने निर्णय गरेको थियो ।

२००९ जेठ १० देखि १२ सम्म जनकपुरमा भएको पाँचौ महाधिवेशनले समाजमा सबै खाले छुवाछुत अन्त्यको घोषणा गरेको थियो। त्यही जगमा १२ औं महाधिवेशनले जातीय भेदभाव र छुवाछुत हटाउन जेठ १० लाई समता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।  कांग्रेसको पाँचौ महाधिवेशनले महामन्त्री पदमा धनमानसिंह परियारलाई नियुक्त गरेको थियो । 

दिवसको अवसरमा पार्टी केन्द्रीय समितिले औपचारिक कार्यक्रम राखेको कुनै जानकारी नभएपनि भोली भने सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले समता दिवस मनाउने कार्यक्रम तय गरेको छ । नेपाली कांग्रेसका नेताहरूले समानता, स्वतन्त्रता, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकार स्थापित गर्न लागिपर्ने प्रतिबद्धता जनाए अनुसार हरेक बर्ष जेठ १० मा समता दिवस मनाउने निर्णय गरेको हो ।  

 

]]>