देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु

देशान्तर

काठमाडौँ। सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ । 

सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले राससलाई जानकारी दिए ।  

भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । तीन नेपालीको भने परिचय खुल्न नसकेको बताइएको छ । 

घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् । 

आज पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताए ।  

]]>