देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन गर्न सकिन्छः काँग्रेस नेता सिटौला

देशान्तर

सुन्दरदुलारी  । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसवादी दलले भनेजस्तो संविधानको पुनः लेखन सम्भव नभए पनि आवश्यक संशोधन गर्न भने सकिने बताएका  छन् ।

आज सञ्चारकर्मीसँग विराटनगरमा काँगे्रस पूर्वमहामन्त्री सिटौलाले देशमा सुशासन, राजनीतिक स्थायित्व, विकास र दिगो शान्ति स्थापना गर्न ठूला दलले मूल गन्तव्यमा अडिएर मार्गचित्र तयार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।  

उनले नयाँ संविधान कार्यान्वयन गर्न सरकार र सत्तापक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै संविधानका विषयमा उठेका असन्तुष्टिलाई वार्ताको टेबुलबाट समाधान गरिनुपर्ने धारणा राखे । 

नेता सिटौलाले सबै विषयमा दलबीच संवाद आवश्यक रहेको बताउँदै बजेट आएपछि सार्थक छलफलका लागि प्रयास गरिनुपर्ने बताए ।  

नेता सिटौलाले देशमा दिगो शान्ति स्थापना गर्न मार्गचित्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

]]>