देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजधानीमा दुई हजार बालिका यौन व्यवसायमा

देशान्तर

काठमाडौं । राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ । केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकामा त्यसको एक तिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।

काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ । बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुव्र्यवहार सहन बाध्य हुने गरेको जनाएको छ।  आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

]]>