देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुकम्पपीडित टहरामै, प्राधिकरणका सिईओ विदेश

देशान्तर

काठमाडौं । भूकम्पले घर पूर्ण रूपमा क्षतिग्रस्त भएका पाँच लाख भन्दा बढी परिवार अझै पनि टहरा र त्रिपालमुनी बस्न बाध्य छन्।  यसवर्षको मनसुनसमेत सुरू हुने बेला भइसक्यो। वर्षायाम टहरा र त्रिपालले कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितलाई सताएको छ। भूकम्पपीडितलाई वर्षायाम अगाडिनै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माणका सिईओ सुशील ज्ञवाली कहाँ छन् उनको कार्यालयका कर्मचारीलाई समेत जानकारी छैन् ।

‘भूकम्पपीडितको घर पुनर्निमार्ण गराउन अहोरात्र खटिनुपर्ने सिईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने।

प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदाको  पुनर्निर्माणको ठोस योजना समेत बनाउन सकेको छनै। ज्ञवाली भने आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सिएर उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन्। आजको कान्तिपुर दैनिकमा समाचार छ । 

]]>