देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढी शुल्क लिएका विद्यालयलाई कारबाही गर्न विद्यार्थि संघगठनहरुको माग

देशान्तर

काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न माग गरेको छ । 

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालय धोबीधारामा आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले अनुगमनका क्रममा धेरै शुल्क लिएको जनाई कारबाही गर्न माग गरेको हो । 

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको भन्दै कारबाही गर्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउन लागिएको बताए ।  उनले भने, “अनुगमनका क्रममा भएका कमी कमजोरी सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्छौँ र पर्सि शिक्षामन्त्रीलाई भेटेर तीन दिनभित्र कारबाही गर्न आग्रह गछौँ ।” 

कारबाही गर्न मन्त्रालयले आलटाल गरे फेरि आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । अनुगमन जानुपूर्व शिक्षा मन्त्रालयले एक हप्तामा कारबाही गर्ने सहमति भए पनि कारबाही गर्न आलटाल गरेपछि विद्यार्थीले शिक्षामन्त्रीलाई अन्तिम चेतावनी दिन लागेका हुन् । 

बैठकमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) अनेरास्ववियु ९पाँचाँै०लगायत ११ विद्यार्थी सङ्गठनका नेताको सहभागिता थियो । 

]]>