देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औद्योगिक क्षेत्रको दुर्गन्धले वातावरण प्रदुषित

देशान्तर

पथरी । मोरङ– सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगको प्रदूषण व्यवस्थापन हुन नसक्दा सो क्षेत्रको बस्ती दुर्गन्धित बनेको छ । 

पाँच सयको हाराहारीमा रहेका विभिन्न उद्योगबाट निस्किएका ठोस, तरल र धुवाँजन्य प्रदूषणले करिडोर क्षेत्रमा बस्दै आएका सर्वसाधारणलाई समस्या बनाएको हो । उद्योगबाट निस्किएको पानी व्यवस्थापन हुन नसक्दा सडकमा ताल बनेको छ भने गन्धका कारण स्थानीयवासीलाई समस्या भएको स्थानीयबासीहरु बताउँछन् ।  

कम्पनीबाट निस्कने कर्कश आवाजले ध्वनि प्रदूषण बढाएको जसको कारणले सुुत्नै कठिन भएको स्थानियहरुको गुणासो रहेको छ ।  उद्योगले गरेको प्रदूषणबाट स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको छ । औद्योगिक क्षेत्र वरिपरिका बासिन्दामा श्वास प्रश्वास, छाला, कान आदिसम्बन्धी रोगको समस्या देखिएको स्थानीयवासीहरुको भनाई रहेको छ ।  

सुनसरी–मोरङ औद्योगिक करिडोरमा प्रदूषण नियन्त्रणका लागि विसं २०६३ मा सरकारी पहल सुरु भएको थियो । फिनल्यान्ड सरकारको सहयोगमा स्थानीयस्तरमा वातावरण व्यवस्थापन सुदृढीकरण परियोजना लागु भए पनि त्यसको खासै प्रभाव देखिएको छैन । करिडोरअन्तर्गत मोरङमा पर्ने डेढ सय उद्योगलाई जिविसको वातावरण उपसमितिले प्रदूषणको मात्रा र परिमाण हेरेर वातावरणीय प्रदूषण नियन्त्रण प्रमाणपत्र दिँदै आएको छ । 

स्थायी प्रमाणपत्रका लागि अहिलेसम्म दुईवटा उद्योगले मात्र मापदण्ड पूरा गरेको अवस्था छ । अन्यले सरकारले तोकेको वातावरणीय मापदण्ड पूरा गरेका छैनन् । करिडोरको मोरङतर्फको भागमा १५० ठूला उद्योग रहेका छन् भन्े साना तथा मझौला उद्योगको सङ्ख्या करिब ४०० छ ।  

]]>