देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवादबाटै असन्तुष्ट दलका माग सम्बोधन गरिने

देशान्तर

काठमाडौँं । सत्ता पक्षीय दलहरु र प्रमुख प्रतिपक्षी दलले वार्ता र संवादबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने सहमति गरेका छन् । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच आज बसेको बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको हो । 

बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिए ।  

वार्ताको वातावरण बनाउन अनौपचारिक भए पनि वार्ता सुरु गर्नुपर्ने सुझाव दिएको जानकारी दिँदै नेता आचार्यले भने, “आन्दोलनरत दललाई वार्तामा आमन्त्रण गर्न र सहमतिका लागि उत्प्रेरित गर्न हामीहरु पनि तयार छाँै ।” 

प्रधानमन्त्री र मन्त्रीहरुले आन्दोलनरत दलका मागका बारेमा सार्वजनिक रुपमा टीका टिप्पणी गर्नुको साटो औपचारिक रुपमा बसेर छलफल गर्नुपर्ने काँग्रेसको सुझाव छ । 

बैठकमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख दलका दोस्रो तहका नेता एवम् साना दलका अध्यक्षहरुको  सहभागीता थियो ।  

]]>