देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८५ वर्षको उमेरमा सम्बन्धविच्छेद मुद्दा

देशान्तर

काठमाडौं । गोरखा नगरपालिका ६ का ८५ वर्षीय तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन्।  २०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि अदालत पुगेको छ ।

६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बुढेसकालमा पालनपोषणमा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् । आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने बेलामा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन्।

अहिले सम्बँन्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् । श्रीमतीले पनि २०७२ साल मंसिरमा अंश मुद्दा दायर गरेकी छिन्। खत्री दम्पत्तीलाई मिलाउन नगरपालिकाले धेरै प्रयास गरे पनि मिल्न सकेनन्। आजको नागरिक दैनिकमा समाचार छ । 

]]>