देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजानिक यातायातमा आलोपालो प्रणाली हटाउन माग

देशान्तर

जनकपुरधाम । केही बस सञ्चालकले जनकपुरदेखि काठमाडौँ जाने रात्रि बसमा आलोपालो प्रणाली कार्यान्वयन गरी आम यात्रुलाई समस्या दिइरहेका कारण सो प्रणाली हटाउन माग गरिएको छ । 

स्थानीय क्लबका वर्तमान र पूर्व पदाधिकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै बस सञ्चालकले आलोपालो प्रणालीको नाममा असुविधा र आर्थिक शोषण गरिरहेकोतर्फ ध्यानाकर्षण गराएका छन् । 

पत्रमा आलोपालो प्रणाली नमान्ने बस सञ्चालकलाई धम्कीका साथै गाली बेइजत गरी सोही प्रणालीमा बस सञ्चालन गर्न दबाब दिने क्रियाकलाप गरिरहेकाले आलोपालो प्रणाली हटाई सहज वातावरण बनाउन अनुरोध गरिएको छ । 

नरसिंह युवा क्लबका अध्यक्ष दीपेन्द्र महासेठ, रामानन्द युवा क्लबका पूर्व अध्यक्ष नवीन मिश्र, सोही क्लबका सचिव सरोज मिश्र, महावीर युवा कमिटीका पूर्व अध्यक्ष मनोज साह, सोही कमिटीका उपाध्यक्ष रोशन चौधरी र गणेश युवा कमिटीका अध्यक्ष राजेश भण्डारीले सर्वोच्च अदालतले खारेज गरिसकेको प्रणालीलाई जनकपुरमा कार्यान्वयनमा ल्याई अराजकता उत्पन्न गर्ने कार्य भइरहेकाले यस्ता कार्यमा संलग्नमाथि कारबाहीको माग पनि गरेका छन् ।  

]]>