देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा तोडफोड

देशान्तर

काठमाडौँ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा गत राति तोडफोड भएको छ । 

तोडफोडले भवन नं १ को सबै सिसा फुटी डेढ लाखको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले जानकारी दिए ।  

तोडफोडबाट झ्यालका सिसा फुटेका छन् । मङ्गलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्व बाहेक अतिरिक्त पैसा लिई काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएपछि कार्यालयमा तोडफोड भएको कर्मचारीहरुले बताएका छन् ।  

परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई पक्राउ गरेको थियो । छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।  

कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी बिट सातदोबाटोका प्रहरी निरीक्षक श्यामकुमार विष्टले बताए ।  

]]>