देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्पादनको बजारीकरण नहुँदा किसान मारमा

देशान्तर

दाङ । उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । 

चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तरकारी खपत हुन नसक्दा किसान मारमा परेका छन् । बेमौसमी तरकारीको देउखुरी बाहिर बजारीकरण हुन सकेको छैन । 

खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् । उत्पादित तरकारी बिहान तरकारी बोकेर बजारमा आउने गरे पनि सबै बिक्री नहुने र बिक्री भएको तरकारीको उचित मूल्य नपाएको किसानहरुको गुनासो रहेको छ । त्यस्तै विचौलियाहरुको मारमा पनि किसानहरु परेका छन् । बिक्री नुहँदा विचौलियाले न्यून मूल्यमा तरकारी माग्ने र फर्काउनुभन्दा उचित मूल्य नपाउँदा पनि बिक्री गर्न वाद्य भउको किसनहरुले दुखेसो व्यक्त गरेका छन् ।  

तरकारीको बजार व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको किसानको गुनासो छ । देउखुरी क्षेत्रमा चिस्यान केन्द्र समेत छैन । त्यस्तोमा विचौलियाले फाइदा उठाउने गरेका छन् । 
आफँैले टाउकोमा बोकेर लमहीसम्म ल्याएको तरकारी किसानले उपभोक्ता र ठेकेदारलाई फरक फरक मूल्यमा बेच्ने गरेका छन् । करेला सोझै उपभोक्तालाई प्रतिकिलो रु २० देखि रु ३० मा बिक्री गरेपनि ठेकेदारले प्रतिकिलो रु १० देखि रु १२ मात्र दिने गरेका छन् । वैशाख अन्तिम सातासम्म करेला प्रतिकिलो रु ६० मा बिक्री भएको थियो । 

यस्तै बोडी प्रतिकिलो रु ३० रुपैयाँ, काँक्रा रु १५ देखि रु २० तथा रामतोरिया प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । देउखुरीमा दैनिक सयाँै टन तरकारी उत्पादन हुन्छ । यहाँ उत्पादित तरकारी घोराही र तुलसीपुरमा समेत खपत हुँदै आएको छ । यहाँको तरकारी अन्य जिल्लामा समेत बजारीकरण हुन सके किसानले मनग्य आम्दानी गर्न सक्ने बताइएको छ । किसानले चिस्यान केन्द्रको समेत माग गर्दै आएका छन् ।

]]>