देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिवम् सिमेन्ट उद्योगमा सांसदहरुको अवलोकन

देशान्तर

कावासोती। सांसदहरुको एक टोलीले देशकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टको स्थलगत निरीक्षण गरेका छन् ।  

तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी काम गरिरहेको होङ्सी शिवम् सिमेन्टको उत्पादन क्षेत्रमा नवलपरासीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्थलगत निरीक्षण गरेका हुन् ।  

सांसदहरुले निरीक्षणको क्रममा स्थानीयवासीसँग अन्तरक्र्रियासमेत गरेको नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले बताए ।  

उद्योग स्थापनाबाट हुने फाइदाका बारेमा सरोकारवालालाई जानकारी दिन आवश्यक भएकाले उद्योगले जिल्लाका राजनीतिक दल सरकारी कार्यालयका प्रमुख र स्थानीयवासीसँग छलफल तथा भेटघाट गरेको होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले बताए ।  

चिनियाँ कम्पनी होङ्सीको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत ९कुल रु ३६ अर्बको० लगानीमा नवलपरासीको वेणीमनीपुरको वडा नं १ र २ मा यो उद्योग स्थापना भएको हो । 

गाउँमा देशकै ठूलो सिमेन्ट उद्योग स्थापना हँुदा गाउँले खुसी भएको वेणीमनीपुरका कालीन्द्रबहादुर जिसीले बताए । 

उद्योग स्थापनाका बेला वेणीमनीपुर गाविससँग भएका सम्झौता कार्यान्वयन हुनुपर्नेमा सांसद कृष्ण पौडेल, जीवन श्रेष्ठ, वैजनाथ चौधरी, सांसद दुलारी हरिजनले जोड दिए । 

छलफलमा होङ्सीका तर्फबाट गुरुयोजना बारे जानकारी गराइएको थियो । 

पूर्व–पश्चिम राजमार्गको दुम्किवासदेखि १३ किलोमिटर उत्तरमा यो उद्योग पर्छ । यसको उत्पादनले नेपाली बजारको ३० प्रतिशत माग पूरा गर्ने दाबी उद्योगको छ । यो अहिलेसम्मकै ठूलो सिमेन्ट उद्योग हो । 

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने यो उद्योगमा सुरुको वर्ष ६ हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ ।

]]>