देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा र पौडेलको नजर भातृ संगठनको महाधिवेशनमा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख भ्रातृ संगठनको महाधिवेशन आफ्नो पक्षमा पार्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेका छन् । निकट नेताहरुको बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला सघंको महाधिवेशनको तयारीका लागि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएका हुन ।

पौडेल पक्षीय नेताहरुको बैठकले नेपाल विद्यार्थी संघको महाधिवेशन तयारीका साथै देशभरीको अवस्थाको मुल्याङ्कन गर्न आफू निकट संघका पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । त्यस्तै धनराज गुरुङ, बद्री पाण्डे र सरिता प्रसाइलाई तरुण दल र मीना पाण्डे, कमला पन्त र रत्ना कार्कीलाई महिला संघको जिम्मेवारी दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख भ्रातृ संगठनको महाधिवेशन गराउन समिति गठनको तयारी थालेपछि पौडेल पक्ष पनि सक्रिय भएको हो ।

१३औं महाधिवेशनपछि बसेको पार्टी केन्द्रीय समितिको पहिलो बैठकले छ महिनाभित्र प्रमुख छ भ्रातृ संगठनको महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसलगतै महिला संघ र तरुण दलले महाधिवेशनको मिति तोकेपनि नेवि संघले भने कुनै निर्णय लिएको छैन। आजको नागरिक दैनिकमा समाचार छ । 

]]>