देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संघीय गठबन्धन वार्तामा नजाने

देशान्तर

काठमाडौं ।  नयाँ संविधानमा समेटिएका विषयवस्तुमा असहमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनमा ‘संविधान संशोधन कि पुनर्लेखन’ भन्नेमा विवाद देखिएको छ । 

शुक्रबार बसेको बैठकमा संविधान पुनर्लेखन गर्नुपर्ने भन्ने या संशोधन गर्नुपर्ने भन्नेमा गठबन्धन प्रस्ट हुनुपर्ने धारणा आएको हो । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानको पुनर्लेखन गर्नुपर्ने बताउँदै आएका छन् भने गठबन्धनमै आबद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संविधान संशोधन भन्दै आएका छन् ।
फरक–फरक अभिव्यक्तिले जनतामा भ्रम उत्पन्न भएको भन्दै स्पष्ट हुनुपर्ने आवाज बैठकमा उठेको गठबन्धनका प्रवक्ता परशुराम तामाङले जानकारी दिए । यादवले भने– दुवै एउटै हो बैठकमा संयोजक यादवले संविधान पुनर्लेखन र संशोधन एउटै कुरा भएको भन्दै बुझाइमा मात्र फरक परेको बताए ।
‘संविधानको प्रस्तावनादेखि अन्तिम धारासम्म संशोधन गर्नुपर्ने भएकाले पुनर्लेखन भनेको हुँ, त्यसको प्रक्रिया संशोधन हो,’ यादवले राखेको धारणाबारे जानकारी दिँदै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘संविधानलाई ‘रिप्लेस’ गरेर नयाँ संविधान बनाउन खोजेको होइन, ‘मेजर’ संशोधन भएकाले पुनर्लेखन भनेको हो ।’
तत्काल सरकारसँग वार्ता नगर्ने
तत्काल सरकारसँग वार्ता नगर्ने निर्णय गरेको छ । वार्ताको नाममा सरकारले आन्दोलन तुहाउने रणनीति लिएकाले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने धारणा बैठकमा व्यक्त भएको छ । वार्ता सफल हुने विश्वसनीय आधार नदेख्दासम्म वार्तामा नबस्ने निष्कर्षमा बैठक पुगेको गणतान्त्रिकका अध्यक्ष यादवले जानकारी दिए ।नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>