देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३१ वर्षदेखि फरार अभियुक्त पक्राउ

देशान्तर

सिरहा । फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् । विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै आएका थिए । 

पक्राउ परेका कामतीलाई जिल्ला अदालत सिरहामा आवश्यक कारबाहीका लागि पेस गरिने सिरहाका प्रहरीले जनाएको छ । 

कपडा बरामद 

भारतबाट भन्सार छलेर सिरहा ल्याउँदै गरेको लाखौँ मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ । कपडा व्यापारी भने पक्राउ पर्न सकेनन् । 

जिल्लाको अर्नमा प्रपि–५ स्थित मनिकलाल दासको बारीमा राखिएको अवस्थामा प्रहरीले रु तीन लाख १२ हजार ४६२ बराबरको अवैध कपडा बरामद गरिएका हो । बरामद कपडा जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । 

]]>