देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यापारी सुरेश केडिया भारतको मोतिहारीबाट अपहरण मुक्त

देशान्तर

विरगञ्ज । गएको बिहीबार अपहरणमा परेका व्यपारी सुरेश केडिया आज भारत विहार राज्यको मोतिाहारीबाट शकुसल अपहरणमुक्त भएका छन् । 

नेपाल प्रहरी र भारतिय प्रहरीको सयुक्त टोलीले उनलाई अपहरण मुक्त गरेको  र उनलाई विरगञ्ज ल्याउने तयारी भएको विरगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैठले जानकारी दिए । 

 गएको विहीबार बेलुका साढे ६ बजेतिर उनी चढेको गाडि रोकी अज्ञात हतियारधारीले वाहन चालक पर्साको विन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली प्रहार गरी उद्योगपति केडियोको अपहरण गरेको थियो । 
घटनाको अध्ययन गर्न नेपाल प्रहरीले एआईजी केदार साउद र एसएसपी मनोज न्यौपानेलाई जिम्मा दिएको थियो । 

सुरेश ‘केडिया अर्गनाइजेसनका’ अध्यक्ष हीरालाल केडियाका पुत्र र राजहंस खाद्य उद्योगका सञ्चालक हुन् । 

 
]]>