देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दीक्षित परिवारले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन

देशान्तर

काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।

जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् । ०२१ मा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>