काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका छन् ।
‘द्विविधा नराख्नुस्,कुनै सम्झौता भाएको छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।’ प्रधानमन्त्रीले संसदीय दलको बैठकमा भने । उनले सरकार बजेटपछि त फेरिने तर तर कुनचाहिँ बजेटपछि भन्न्े सहमति नभएको बताए ।
प्रधानमन्त्रीले भने–‘०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्विविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया