देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अदालतबाट दण्डित ६९ जना भगुवा पक्राउ

देशान्तर

गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन महिनामा विगतमा विभिन्न अभियोगमा अदालतबाट दण्डित ६९ जना भगुवालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । 

चालु आर्थिक वर्षको फागुनदेखि अहिलेसम्म अदालतबाट दण्डित भएका तर फरार रहँदै आएका ६९ जनालाई पक्राउ गरेर कार्वाही गरिएको हो । 

पक्राउ गरिएकाहरुमा चोरी, वन पैदावार, जग्गा ठगी, किर्ते तथा जालसाजी गर्नेलगायतका रहेको उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए ।  

उनका अनुसार अझै पनि झन्डै ३५० जना अभियुक्त फरार छन् र उनीहरुको खोजी भइरहेको छ ।

]]>