देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नेविसङ्घमा क्षमतावान् नेतृत्व आवश्यक’

देशान्तर

काठमाडौँ  । नेपाल विद्यार्थी सङ्घका नेताले नेविसङ्घभित्र क्षमतावान् र गतिशील नेतृत्व आवश्यक रहेको बताएका छन् ।  नेविसङ्घ केन्द्रीय पत्रकारिता समन्वय समितिले आयोजना गरेको कस्तो नीति कस्तो नेतृत्व विषयको बहस अभियानमा नेविसङ्घका  अध्यक्ष रञ्जित कर्णले नेविसङ्घमा विद्यार्थीको पिरमर्कालाई बुझ्ने नेतृत्व आवश्यक रहेको बताए ।

उनले लामो समयदेखि नेविसङ्घको महाधिवेशन नहुनाको मूल कारण विद्यार्थीभित्रको गुटबन्दी हो भन्दै आगामी असारको अन्तिम हप्ता महाधिवेशन गर्ने तयारी भएको जानकारी दिए । उनले भने–‘जेठ २५ गते केन्द्रीय समितिको बैठक बोलाएको छु, त्यहाँ छलफल गरेर असार अन्तिम हप्ता महाधिवेशन गर्ने गरी छलफल हुन्छ, अनि मिति तोक्छौँ ।’ सांसद समेत रहेका कर्णले अबको महाधिवेशनलाई प्रादेशिक संरचनामा लैजानुपर्ने भएकाले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाउनाका साथै समावेशी बनाएर लैजाने स्पष्ट पारे ।

संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसङ्घको साखलाई जोगाउने नेतृत्व अबको महाधिवेशनको आवश्यकता रहेको बताए । नेविसङ्घका पूर्वउपाध्यक्ष नैनसिंह महरले अबको महाधिवेशनमा असल नीति र असल नेतृत्व आउनुपर्ने बताए । नेविसङ्घका नेता दीपक भट्टराईले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

नेविसङ्घका नेता प्रमोदहरि गुरागार्इं, प्रतिमा गौतम, मनहरि श्रेष्ठ, उर्मिला थपलिया, आनन्द त्रिपाठी, सरोज थापा, लेखनाथ पोखरेल, हिमालदत्त श्रेष्ठ, रुपा पोखरेल, अञ्जना अर्याल र दिवाकर अर्यालले नेविसङ्घको दुईवर्षीय कार्यकाल सकिएपछि स्वतः खारेज हुने गरी विधान संशोधन हुनुपर्ने बताए । 

 

]]>