देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेटको सुचना चुहावटका विषयमा छानविन समिति गठन

देशान्तर

काठमाडौं । संसदमा बजेट प्रस्तुत हुनुभन्दा पहिले नै बजेटका महत्वपुर्ण सुचना चुहावट भएको भन्दै छानविन समिति गठन गरिएको छ । 

नेपाली काँग्रेसका नेता रमेश लेखको संयोजकत्वमा गठित समितिले सो बारेको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ । 
यसअघि बजेटका कतिपय सुचनाहरु चुहावट हुँदा माफियाराजलाई सरकारले नै संरक्षण गरेको संसदको गरिमामाथि प्रहार गरेको भन्दै छानविनको माग गर्दै नेपाली काँग्रेसको विरोध जनाएको थियो । 

काँग्रेसले सदनमा विरोध जनाउँदा चारपटकसम्म सदन अवरुद्ध भएको थियो ।

अर्थमन्त्रीले सदनमा बजेट भाषण गर्नुभन्दा पहिले नै सुचना चुहाट हुँदा सेयरबजारमा अप्राकृतिक चहलपहल आएको थियो । विमासम्बन्धि नयाँ नीतिको बारेमा अगाडि नै जानकारी हुँद सेयरबजारका खेलाडीहरुले चलखेल गरेका थिएँ । त्यस्तै करका दायरा तथा व्यवस्थाहरु सम्बन्धि पनि चुहाट भएको हुनसक्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनमा विरोध जनाउँदै बैठक बहिष्कार गरेको थियो ।  

]]>