देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित

देशान्तर

काठमाडौं । एसएलसी परीक्षालाई विद्यार्थीले भन्दा सरकारी तलब भत्ता खाएका निरीक्षकले नै अमर्यादित बनाइरेहको छन भन्ने उदाहण परीक्षाको पहिलो दिनको घटनाले प्रस्ट पारेको छ । परीक्षा केन्दको निरीक्षक रुपमा खटिएका मुलुक भरका नौ जना निरीक्षक निष्कासनमा परेका छन् ।

परीक्षा हलमा चिट चोर्नेलाई कारवाही तथा निष्कासन गर्ने चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउने देखि परीक्षाको सम्पुर्ण जिम्वेवारी निरीक्षककै हुन्छ ।

तर परीक्षाको पहिलो दिन मुलुकभर ९ जना निरीक्षकले जिम्मेवारी विपरित क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए ।

उनका अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

]]>