देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मापदण्डअनुसार २८ प्रतिशत भूकम्पपीडितले मात्र अनुदान पाउने !

देशान्तर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसार घर निर्माण गर्न अनुदान रकम दिँदा अधिकांश भूकम्पपीडित छुट्ने देखिएको छ । प्राधिकरणले दोलखाको सिँगटीका दुई गाविसमा वितरित राहतबाट करिब ७२ प्रतिशत भूकम्पपीडित छुटेका छन् । प्राधिकरणले दोलखाका लादुक र लामीडाँडा गाविसमा भूकम्पपीडितलाई घर निर्माण गर्न १३ दिनदेखि परीक्षणका रूपमा अनुदान रकम वितरण गर्दै आएको छ ।

दुवै गाविसबाट आवेदन दिनेमा २७।६८ प्रतिशत भूकम्पपीडितले मात्रै प्राधिकरणको अनुदान रकम पाए भने बाँकी ७२।३१ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै बाहिर परेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार लादुक गाविसमा घर निर्माणको अनुदानका लागि एक हजार दुई सय ६२ ले आवेदन दिएका थिए । त्यसमध्ये दुई सय ९० ले मात्रै अनुदान रकम पाएका छन् । लामीडाँडामा एक हजार ५० जनाले आवेदन दिएकोमा तीन सय ५० ले मात्रै अनुदान पाएका छन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले प्राधिकरणको अनुदान मापदण्डका कारण ७२ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै वञ्चित हुने स्थिति आएको बताए । ‘अनुदान रकम लामीडाँडा र लादुक गाविसमा पाइलोटिङ भयो ।
यसक्रममा २८ प्रतिशत भूकम्पपीडित मात्रै अनुदान रकमका लागि सम्झौता गर्नयोग्य ठहरिए,’ शाहीले भने, ‘बाँकी ७२ प्रतिशत भूकम्पपीडित प्रक्रियाबाटै बाहिरिने अवस्था आयो । प्राधिकरणले अनुदान वितरण गर्न बनाएको मापदण्डका कारण यस्तो अवस्था आएको हो ।’ अनुदान रकमका लागि सर्भे स्लिप, लालपूर्जा र नागरिकता अनिवार्य हुनपर्ने प्राधिकरणको मापदण्ड रहेको समाचार नयाँपत्रिका दैनिमा छ । 

]]>