देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरमा सात हजार सौर्य बत्ती राखिने

देशान्तर

काठमाडौँ ।  ९५ करोड रुपैयाँ लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । 

भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । 

निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार आएका सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पढाइसकेको र केही समयमा नै काम सुरु हुनेछ । 

सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआए पनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरको भनाइ रहेको छ । चैत महिनाको पहिलो सातामै म्याद सकिएको भए पनि निवेदन आउने क्रम जारी रहेको छ । 

आएका निवेदनमध्ये सबैभन्दा बढी वडा नं ६ को छ । 

सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नुपर्छ । 

प्रमुख रेग्मीका अनुसार खम्बासहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लाग्छ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य सडक बत्ती जडान गरिएको थियो । 

]]>