देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुजेल घटनाका साक्षीलाई ‘निर्धक्क बयान’ दिन आग्रह

देशान्तर

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्रको तयारी भइरहेका बेला अधिकारकर्मीले निर्धक्कसँग घटनाको बयान दिन साक्षीलाई आग्रह गरेका छन् । 

मानवअधिकारकर्मीले सोमबार जिल्लाका कानुन व्यवसायी तथा पत्रकारसँग भेटघाट गरी घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् । 

मानवअधिकारकर्मी सुबोध प्याकुरेलले आगामी वैशाख ५ गते हुने बकपत्रमा साक्षीहरुलाई जे सत्य हो त्यही बोलिदिन आग्रह गरे। उनले पीडितले न्याय पाउनुपर्ने बताउँदै भने , “साक्षीहरुले, देखी जान्ने र सुनी जान्नेहरुले जे सत्य हो त्यही बोलिदिनुहोस्, हामी त्यति आग्रह गर्न आएका हौँ, हामीलाई असत्यसँग सरोकार छैन, अपराध, अपराध नै हो चाहे जुनसुकै आवरणमा गरिएको होस्, त्यो अपराध हो ।” 

अर्का मानवअधिकारवादी चरण प्रसार्इंले यो विषयलाई राजनीतीकरण नगर्न आग्रह गर्दै विपक्षीबाट धम्क्याउने, तर्साउने काम हुने गरेकाले यस पटक त्यस्तो नगर्न सबैलाई आग्रह गरे ।  उनले वर्षौंदेखि अस्पतालको शैयामा रहेका पीडितलाई न्याय दिलाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै भने ,“यस घटनालाई राजनीतिकरण नगरियोस् भन्नकै लागि हामी चितवन आएका हौँ, पीडितले न्याय पाउनुपर्छ र घटनामा मुछिएका निर्दोष व्यक्तिहरुले पनि मुक्ति पाउनुपर्छ ।” 

चितवन जिल्ला अदालतमा कृष्णप्रसाद हत्यामा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर छ । हाल यो मुद्दा विचाराधीन अवस्थामा छ । यसै वर्षको पुस ६ गते सर्वोच्च अदालतले घटनाका मुख्य आरोपित भनिएका छविलाल पौडेललाई थुनामै राखी अनुसन्धान गर्न आदेश दिएको थियो । जिल्ला अदालत चितवनले प्रहरीलाई पत्राचार गरी पौडेललाई पक्राउ गर्न भने पनि हालसम्म पक्राउ पर्न नसकिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याराज पौडेलले बताए ।  विशेष कारण कोही अनुपस्थित भएपछि पनि बकपत्र हुने व्यवस्था छ ।                         

]]>