देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिलान्यास भएको बाइस वर्षपछि कालोपत्रे

देशान्तर

खोटाङ। शिलान्यास गरिएको बाइस वर्षपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको प्रक्रिया सुरु भएको छ । 

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको दिक्तेल–गाईघाट सडकको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेका थिए ।  आइतबार दुई वर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको सांसद विशाल भट्टराईले जानकारी दिए ।  

“कच्ची सडक निर्माण भएको लामो समयसम्म स्तरोन्नतिको काम भएको थिएन ।” उनले भने, “ एक सय ४२ किलोमिटरमध्ये १०१ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न अर्थमन्त्री विष्णु पौडेलले रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेका छन् ।”

]]>