देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालोबजारी अन्त्य गर्न विद्यार्थीको माग

देशान्तर

भक्तपुर। पेट्रोलियम पदार्थमा भएको कालोबजारीको विरोध गर्दै यहाँ आज विभिन्न विद्यार्थी सङ्गठनले पदयात्रा गरेका छन् । 

अनेरास्ववियु, नेविसङ्घ र नेक्राविसङ्घले संयुक्त रुपमा आज पदयात्रा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिए । 

विद्यार्थी सङ्गठनले प्रजिअ तेजप्रसाद पौडेललाई बजार अनुगमन प्रभावकारी गर्न र कालोबजारी अन्त्य गरी सर्वसाधारणको जनजीवन सहज बनाउनका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाए । 

ज्ञापनपत्र बुझ्दै पौडेलले बजारमा कालोबजारी र भ्रष्टाचारीलाई अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारको सम्बन्धित निकायले समेत उदासीनता देखाउँदा कालोबजारी गर्नेलाई फाइदा पुगेको र जनता मर्कामा परेको अनेरास्ववियुका संयोजक जयराम बाँस्तोलाले बताए ।  

बजार अनुगमन र कालोबजारी नियन्त्रणमा सरकारी निकायले आवश्यक कदम नचालेमा कडा आन्दोलन गरिने चेतावनी नेविसङ्घका उद्धव खड्काले बताए ।  

दैनिक रुपमा पाँच लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात हुँदा समेत जनताले सहज तरिकाले पाउन नसक्ने अवस्थाको अन्त्य गर्न सरकारले कडाइ गर्नुपर्नेमा नेक्राविसङ्घका रमेश प्रजापतिले जोड दिए । 

]]>