देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिस्केट जात्राका लागि लिङ्गो ठड्याइयो

देशान्तर

काठमाडौँ । प्राचीन नगर टोखामा मनाइने बिस्केट जात्राका लागि आज लिङ्गो ठड्याइएको छ । 

प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन स्थानीयवासीद्वारा थनेलाछी (माथिल्लो चोक)मा ५४ हात अग्लो लिङ्गो विधिविधानअनुसार ठड््याइएको हो । 

प्रत्येक वर्ष चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्केट जात्रा मनाइन्छ । यस अवधिमा स्थानीय गणेश र कुमारीको जात्रा गरिन्छ । प्रत्येक वर्ष वैशाख ५ गते विधिअनुसार पूजा गरी लिङ्गो  ढलाइने बिस्केट जात्राका संयोजक देवराज डङ्गोलले बताए ।  

स्थानीय गणेश मन्दिरका मूलपुजारी हेमराज श्रेष्ठले दैवी प्रकोपबाट त्यहाँका मानिसलाई जोगाउन, विषरुपी सर्पबाट हुने अनिष्टबाट स्थानीयवासीलाई संरक्षण गर्न बिस्केट जात्रा निकाल्ने प्रचलन सुरु भएको जानकारी दिए ।  

बूढानीलकण्ठ आसपास क्षेत्रको जङ्गलबाट रूख कटान गरी लिङ्गो निर्माण गरिएको हो । पहिले वन विभागमा निवेदन दिएपछि निःशुल्क लिङ्गोका लागि रूख कटान गर्ने व्यवस्था भएपनि अहिले स्थानीयवासीले पैसा उठाएर लिङ्गोको व्यवस्था गर्न परेकामा स्थानीय समाजसेवी मणिलाल डङ्गोलले गुनासो गरे ।  

]]>