देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व क्रिकेट लिगका लागि खेलाडीको घोषणा

देशान्तर

काठमाडौँ। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको आज घोषणा भएको छ । 

आगामी वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगिताका लागि १८ सदस्यीय खेलाडीको छनोट भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाकार रोहित दाहालले जानकारी दिए । उनका अनुसार १४ खेलाडीसहित चारजना वैकल्पिकमा परेका छन् । 

प्रतियोगितामा कप्तानको जिम्मेवारी भने पारस खड्काले पाएका छन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । त्यसैगरी अन्य खेलाडीमा सागर पुन, नरेश बुढाऐर, शरद भेषवाकर, विनोद भण्डारी, राजु रिजाल, सन्दिप लामिछाने, सुशन भारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी छन् । 

त्यसैगरी वैकल्पिकमा विक्रम सोब, दीपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल छन् । 

राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि बन्दिला वार्नापुरा, प्रशिक्षक जगत टमाटा र नेपाली टोलीका कप्तान पारस खड्काको टोलीले उक्त खेलाडीको अन्तिम घोषणा गरेको हो । 

बन्द प्रशिक्षणको दोस्रो चरणमा २५ खेलाडी सहभागी थिए । नेपाल र नामिवियाबीचको उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

]]>