देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले थाल्यो स्वास्थ्य बिमा

देशान्तर

काठमाडौं । अढाई वर्षदेखि उच्च् रक्तचापको औषधि सेवन गरिरहेका कैलाली धनगढी नगरपालिका–३ का ७२ वर्षीय होमनाथ ढकाललाई आफू र परिवारका अन्य सदस्यमा पटक पटक स्वास्थ्य समस्या देखा पर्दा उपचारका लागि आर्थिक जोहो गर्न हम्मे हम्मे पथ्र्यो।  

स्वास्थ्य भन्दा ठूलो धन अरु केही हुन सक्दैन भन्ने बुझेका ढकालले आर्थिक अवस्था कमजोर भएका कारण आफू, श्रीमती र सन्तानको उपचार गर्दा पाउने सकस अब हट्ने भएको छ। सरकारले ५० करोड रुपैयाँ छुट्याउदै बिहीवार कैलालीमा सुरु गरेको बुहप्रतिक्षित स्वास्थ्य बिमा कार्यक्रमको पहिलो सद्यसय बनेको छ ढकाल परिवार। अब स्वास्थ्यमा जस्तोसुकै समस्या आएपनि ढकाल परिवारका कुनै पनि सदस्यले सरकारले तोकेको स्वास्थ्य संस्थाबाट निशुल्क उपचार पाउनेछन्।  

सरकारी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्दै आएका आफ्नै छोरा शंकरले घरमै पुगेर बिमाको सदस्यता प्रदान गर्दा होमनाथ दंग परे।  विमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार पाँचजनाले वार्षिक दुई हजार पाँच सय प्रिमियम बुझाएपछि ५० हजार रुपैयाँसम्मको उचिार पाउनेछन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>