देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीको आडमा अक्सिजनमा ताला

देशान्तर

काठमाडौं । गृहमन्त्री शक्ति बस्नेतको आडमा एकीकृत नेकपा माओवादी जिल्ला नेतृत्वको सहयोगमा काभ्रेको पनौति नगरपालिका २ सुब्बागाउँमा रहेको नवज्योती ग्यासेस प्रालीले उत्पादन गर्ने अक्सिजन ग्यासमा दश दिनदेखि लगाएको ताला अझै खुल्न सकेको छैन । अक्सिजन ग्यास उत्पादन गर्दै आएको उक्त प्रालिमा २०७२ सालमा मात्रै पाँचौपटक ताला लागेको  छ ।

पछिल्लो समय २०७२ साल चैत १५ गते माओवादी कार्यकर्ता पनौती–२ सुब्बा गाउँकै इन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गएको एक दर्जन कार्यकर्ताहरुको समूहले ताला लगाइदिएको हो ।  

प्रशासन, प्रोडक्सन र वितरण कक्षमै ताला लगाइदिएपछि कम्पनिले उत्पादन गर्दै आएको अक्सिजन, लिक्विड नाइट्रोजन र नाइट्रोजन उत्पादन नै ठप्प भएको छ,’ कम्पनीका म्यानेजर उत्तम गौतमले भने, ‘अक्सिजन उत्पादन नहुँदा सर्वसाधारण जोखिममा परेका छन् ।’नेपाल समाचार पत्र दैनिकमा समाचार छ । 

]]>