देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दल कार्यसमिति निर्वाचन आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिबाट संसदीय दल कार्यसमिति चयन प्रयास असफल भएको छ। सहमतिबाटै २२ सदस्यीय संसदीय दल कार्यसमितिको टुंगो नलागेपछि आज  निर्वाचन हुँदैछ। पिछडिएको क्षेत्रबाट राजीवविक्रम शाह निर्विरोध निर्वाचित भएसँगै आज  २१ सदस्यीय कार्यसमितिका लागि बिहान ९ देखि १२ बजेसम्म निर्वाचन हुनेछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति देउवातर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र बालकृष्ण खाँणका साथै नेता पौडेलपक्षबाट आनन्दप्रसाद ढुंगाना, बद्री पाण्डे र जीवन परियार सहभागी छलफलमा सहमति नभएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो। निर्वाचन प्रक्रिया अघि बढिसकेको भन्दै सभापतिनिकट नेताले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेको एक नेताले बताए। ‘सकेसम्म सहमति गरौं भन्ने हाम्रो प्रस्ताव थियो,’ सहभागी एक नेताले भने, ‘उहाँहरूले प्रक्रिया अघि बढिसक्यो, प्यानलको आधारमा होइन मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं भनेपछि उठ्यौं।’

संसदीय दल कार्यसमितिका लागि सभापति देउवा र नेता पौडेलपक्षले प्यानलकै आधारमा २१ पदका लागि ४२ नेताले उम्मेदवारी दिएका छन्। विधानको संशोधित व्यवस्थाअनुसार प्रत्यक प्रदेशबाट एक÷एक गरी सातजना तथा आरक्षणतर्फका आठ समूहबाट १५ जना निर्वाचित हुने व्यवस्था छ। प्रदेश १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश २ बाट प्रेमकिशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुंगेल, प्रदेश ४ बाट कमलप्रसाद पंगेनी र रामचन्द्र  पोखरेल, प्रदेश ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश ६ बाट तप्तबहादुर विष्ट र रीता शाही तथा प्रदेश ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन्।

मधेसी महिलातर्फ रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदार, मधेसी पुरुषतर्फ रामअयोध्याप्रसाद यादव र लालबाबु सिंहले उम्मेदवारी दिएका छन्। दलित महिलाका लागि आशा विक र कल्पना सोब, दलित पुरुषतर्फ नरभान कामी र खड्कबहादुर बस्याल, आदिवासी जनजाति पुरुषतर्फ आङटावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र बादे, आदिवासी जनजाति महिलातर्फ ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाको उम्मेदवारी दर्ता गरेका छन्।

खस आर्य पुरुषतर्फ बुद्धिराम भण्डारी र राजेन्द्रकुमार केसी, खस आर्य महिलातर्फ मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र शारदा पौडेल, थारुतर्फ भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकीको उम्मेदवारी परेको छ। २०६६ सालपछि संसदीय दल कार्यसमितिको पहिलोपटक निर्वाचन हुन लागेको हो। दलको विधानले संसदीय दलका नेतालाई उपनेता, प्रमुख सचेतक, सचेतकका साथै नौजना सदस्य मनोनीत गर्ने अधिकार दिएको छ। बुधबार भएको संसदीय दल नेताको निर्वाचनमा सभापति देउवा निर्वाचित भएका थिए।

]]>