देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार अध्यक्षमा शेरबहादुर केसीकै अग्रता यथावत

देशान्तर

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार बिहीवार साँझसम्म गणना भएको ६ हजार ७ सय ८१ मतमा केसीले ३ हजार ३ सय ५ मत प्राप्त गरेका छना् भने उनका निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले तीन हजार ९० मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवमा खम्मबहादुर खातीले तीन हजार १४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दीनमणि पोखरेलले दुई हजार ९७० मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले तीन हजार ४५ मत र उनका प्रतिस्पर्धी हरिबहादुर खड्काले दुई हजार ९०२ मत प्राप्त गरेका छन्।

बिहीवारका लागि मतगणना स्थगित भएको छ। शुक्रबारका लागि एक हजार ७० मात्र गणना गर्न बाँकी छ। हालसम्म २७ निर्वाचन केन्द्रको मतगणना गरिसकेको निरौलाले जानकारी दिए। बारको नयाँ कार्यसमितिका लागि मङ्गलबार बिहानदेखि सुरु भएको मतगणना हो। नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो। मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो। बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरौलाले शुक्रबारसम्म पूर्ण परिणाम आउनेसमेत जानकारी दिए। 

]]>