देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारको नयाँ नेतृत्वलाई पौडेलको बधाई

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीसहित नयाँ कार्यसमितिलाई बधाई दिएका छन्। 

आज सकिएको बार नेतृत्वको मतगणनामा प्रगतिशील समूहका विजयकान्त मैनालीलाई पराजित गर्दै प्रजातान्त्रिक समूहका केसी विजयी भएका हुन्।

बरिष्ठ नेता पौडेलले केसी तथा नयाँ कार्यसमितिलाई बधाई दिँदै उनले भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका, मानवअधिकारको रक्षा तथा बार र बेञ्चबीच सुमधुर सम्बन्ध बनाउँदै स्वतन्त्र न्यायलयको गरिमालाई कायम राख्दै अझ उचाईमा पुर्‍याउनका लागि केसी नेतृत्वको कार्यसमितिले सफलता मिलोस शुभकामना ब्यक्त गर्दछु ।

]]>