देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषि बिमामा किसानको आकर्षण कम

देशान्तर

रत्ननगर । चितवनमा चैतसम्म १७५ किसानले मात्रै बाली बिमा गरेको देखिएको छ । व्यावसायिक तरकारीखेती, केराखेती तथा अन्य कृषि व्यवसायमा लाग्ने जिल्लामा करिब दुई हजार व्यावसायिक किसान भए पनि बिमाप्रति किसानको आकर्षण न्यून छ । 

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार कृषि बिमा गर्नेमा अधिकांश केरा किसान रहेका छन् । कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले दिएको जानकारीअनुसार १७५ मध्ये १५८ जना केरा किसानले बिमा गरेको जानकारी दिनुभयो । माछामा नगण्य किसानले बिमा गरेका छन् । 

शिखर बिमा कम्पनीमा एक र नेपाल इन्सुरेन्समा पाँच गरी छजना मात्रै माछा किसानले बिमा गरेको थापाले जानकारी दिनुभयो । यस्तै, तरकारीखेतीमा जम्मा ११ जनाले मात्रै बिमा गरेका छन् । केरामा सबैभन्दा बढी १५८ जनाले बिमा गरेका छन् जसमध्ये शिखर इन्सुरेन्समा आठ, नेपाल इन्सुरेन्समा ६२ र प्रुडेन्सिएल इन्सुरेन्समा ८८ जना छन् । किसानले कुल एक लाख ४३ हजारको प्रिमियम शुल्क बुझाएर बिमा गरेको जनाइएको छ । 

चितवनमा ६०० बढी केरा किसान मात्रै छन् । मुख्य गरी अघिल्ला वर्षमा हावाहुरीका कारण करोडौँको केरा क्षति भएपछि केरा किसान बिमामा आकर्षित भएका हुन् । तथापि तरकारी र माछामा आकर्षण न्यून छ । केरा किसान यज्ञ सुवेदीका अनुसार केरामा क्षति बेहोरेका केही किसानले विगत वर्षमा क्षतिपूर्ति पाएकाले बिमा गर्ने केही बढेको छन् तर पर्याप्त छैन । 

सरकारले कृषि बिमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बिमाको पाँच प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो । तर पछिल्लोपटक बढाएर ७५ प्रतिशत पु¥याइएको र त्यसमा पनि समूह वा सहकारीमार्फत बिमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिसनबापत छुटको व्यवस्था गरिएको छ । 

यस वर्ष कृषिमा बजेट पनि बढेको र अनुदानका कार्यक्रम पनि बढेकाले किसानलाई सचेत हुन कार्यालयले आग्रह गरेको छ । बिमाले क्षति न्यून गर्न सहयोग पुग्ने कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।  

हालै चितवनको रत्ननगरमा भएको केरा किसानको एक कार्यक्रममा राष्ट्र बंैकका गभर्नर डा चिरञ्जीवी नेपाललले नेपालमा कुल एक हजार ३०० किसानले मात्रै बिमा गरेको र अझै राम्ररी बिमा हुन नसकेको बताएका थिए । 

]]>