देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माण सुरु

देशान्तर

भक्तपुर। जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । 

जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबार दत्तात्रयस्थित पुजारी मठमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो । 

दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनःनिर्माण कार्यको उद्घाटन गरिएको थियो । दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनः निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो । 

जर्मन सरकारको रु एक अर्ब १९ करोड, नेपाल सरकारले रु २२ करोड र भक्तपुर नगरपालिकाको रु १० करोडको लगानीमा पुनःनिर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले बताइन् ।  जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताए ।  

]]>