देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिस्केट जात्राको क्रममा एकको मृत्यु

देशान्तर

भक्तपुर । नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा शनिबार रातिदेखि सुरु भएको बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा राति मृत्यु भएको छ । 

भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ ।  

त्यसैगरी मध्यरातिसम्म तौमढी (पाँचतले मन्दिर)बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुङ्गा हानाहान भएको थियो । अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न सुरु गरेका थिए । रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पु¥याएका थिए । 

विगतमा दत्तात्रयसम्म पु¥याइने रथ यस वर्ष भूकम्पले टेको लगाइएका घरहरु भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पु¥याएका थिए । 

गोल्मढीबाट रथलाई तानेर पुनःतौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि गःहिटीमै राख्ने भन्ने विवाद भएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहान भएको थियो । 

करिब एक घन्टाको झडपपछि तल्लो भेगका बासिन्दाले रथलाई नासमनातर्फ लगेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लठ्ठी समेत प्रहार गरेको थियो । त्यसपछि भने प्रहरीमाथि समेत ढुङ्गा हान्न थालियो । 

ढुङ्गा हानाहानबाट आठ आठ प्रहरी र स्थानीयवासी घाइते भएकामा केहीलाई उपचारपछि घर पठाइएको र केहीको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जात्रामा हुलदङ्गा गर्न खोज्ने चार जनालाई नियन्त्रणमा लिएको छ । बिस्केट जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ । 

]]>