देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिपक्षी कांग्रेसले सरकारलाई भन्यो ‘विकास बजेट जथाभावि नबाँड’

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकास बजेट कटौति गरेर जताभावि वितरण नगर्न सरकरालाई सचेत गराएको छ। आर्थिक वर्ष हुने अन्त्य हुने क्रमसँगै सरकारले मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी एमाले आफ्ना सांसदहरुलाई बजेट वितरण गर्न लगाएको आरोप लगाएको हो।

सचेतक इश्वरी न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै आर्थिक अनुशासन कायम गर्न र जताभाविक रकम वितरण नगर्न सचेत गराएकी छिन्।

‘एमालेको नेतृत्वको सरकारले आर्थिक वर्षको अन्त्यमा मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी आफ्ना सांसदहरु मार्फत बजेट वितरण गर्न लागेको सुन्नमा आएको छ,’ न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्य तत्काल रोकी सरकारले आर्थिक अनुसाशन कायम गरोस भन्ने नेपाली कांग्रेस संसदीय दलको स्पष्ट धारणा छ।

]]>