देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिद्धान्त र निष्ठा नभएकाले राजनीति अलमलमा : बरिष्ठ नेता पौडेल

देशान्तर

दमौली । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि सरकारमा नै जानुपर्छ भन्ने नभएको बताएका छन् । उनले राजनीति दलहरुका बीचमा भागबण्डा गरेर खाने प्रवृतिलाई रोक्नका लागि कांग्रेस प्रतिपक्षमा बसेको स्पष्ट पारे ।  तनहुँको आठौ खैरनीटार महोत्सवको उद्घाटन गर्दै बरिष्ठ नेता पौडेलले सरकारले संविधान कार्यान्वयका लागि नियमावली बनाउने तर्फ ध्यान नदिएकोमा समेत रोष प्रकट गरे ।

पौडेलले नेपाली कांग्रेस सरकारम नजाने र सरकार बाहिर नै बसेर संविधान कार्यान्वयनका लागि भुमिका निर्वाह गर्ने बताउदै सरकार संविधान कार्यान्वयन पुर्ननिर्माण तथा जनतालाई राहत दिने बिषयमा कुनै चासो नदेखाएकोका आपत्ती जनाए । उनले भने– ‘सरकारमा जानुभनेको भागशान्ति जय नेपाल बनाउने होइन, सरकारले संविधानका लागि काम गरेको खोइ पुर्ननिर्माणको काम गरेको खोई केले रोकेको हो ?’ ।

कांग्रेस बरिष्ठ नेता पौडेलले नेपालको समस्या आफैले समाधान गर्नुपर्ने भन्दै अरु कसैलाई दोष दिएर उम्कने ठाँउ नभएको बताए ।  मुलुकमा देखिएको समस्या समाधान गर्ने दायित्व नेपालीको भएकाले कसैलाई दोष दिएर उम्कन नमिल्ने पौडेलको भनाई थियो । उनले  सरकारले आफ्नो काम गर्ने कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको बताउदै अर्कालाई दोष दिएर मुक्ती पाउने अवस्था नरहेको स्पष्ट पारे ।

बरिष्ठ नेता पौडेलले मुलुक र समाजलाई बदल्नका लागि हतियार होइन चरित्र र बिचार आवश्यक रहेको बताए । पौडेलले भने– ‘समाज बदल्न बिचार र चरित्र बदल्नुपर्छ, बिचार र चरित्र उत्तम बनाउनका लागि राजनीतिलाई सुधार गर्नुपर्छ, त्यो अब हरेक नागरिकले अभियानका रुपमा अगाडि लैजान आवश्यक छ ।’ बरिष्ठ नेता पौडेलले सिद्धान्तको टुंगो नभएकाले नेपालको राजनीति अलमलमा परेको उल्लेख गर्दै अब जनतालाई अलमलमा राख्ने राजनीतिको अन्त्य हुनुपर्ने बताए । सिद्धान्त र आर्दशको राजनीति नहुँदा राष्ट्रियताको परिभाषा समेत अनुकुलता हेरर हुन लागेको भन्दै नेपालको राजनीति जातिय आधारमा संघीय राज्य बनाउने अभियानका अल्झेको पौडेलको भनाई थियो । 

पौडेलले नेपाली कांग्रेस सधै तराई मधेशको समस्या समाधानका लागि तयार रहेको उल्लेख गर्दै संविधान सुशील कोइरालाको नेतृत्वमा बनेको र तराई मधेशका केहि माग पुरा भएर विरगंज नाका पनि सुशील कोइरालाको निधन अगाडि खुलेको स्मरण गराए । उनले अझै पनि नेपाली कांग्रेस मधेशको समस्या समाधानलाई नेतृत्वदायि भुमिका निर्वाह गर्ने बताए । 

]]>